दुई युवतीद्धारा एउटै रुखमा झुण्डिएर यसरी आत्महत्या पुरा पद्नुस
loading...

धनकुटा मंसिर, रविन कटेल : धनकुटाको स्कुलडाँडामा एउटै रुखमा झण्डिएर दुई जना युवतीले एकैसाथ आत्महत्या गरेका छन । धनकुटा नगरपालिका–३ स्थित स्कुलडाँडामा शनिवार बिहान दुई जना युवतीको सव एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
 स्थानीय १६ बर्षिय देवी महरा र १८ बर्षिय जुनु शेर्पाले सल्लाको रुखमा झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।दुवै जनाले सलको पासो लगाएर एउटै रुखको वेग्ला वेग्लै हागामा झुण्डिएको अवस्थामा सव भेटिएको प्रहरी निरीक्षक डम्बर बहादुर खड्काले जानकारी दिए । उनका अनुसार देवी र जुनु सानीआमा, ठुलिआमाका छोरी हुन ।
 उनिहरु दुवै जना गत बिहिबार देखि परिवारसँग सम्पर्क बिहिन भएका थिए । शनिवार बिहान स्थानीयले उनिहरुको सव फेला पारेका हुन । 
दुवैजनाले एकैसाथ आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । स्थानीय र साथीहरुसँगको सोधपुछका क्रममा प्रेममा धोका पाएर यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक खड्काले बताए । दुवैजनाको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस