यस्तो छ भाइब्जले भूकम्पमा खिचेको भिडियो
loading...

bhukampppaaaकाठमाडौं । नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले गत बैशाख १२ गते गएको भूकम्पको समयमा खिचेको आफ्नो पछिल्लो म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।
व्याण्डले आफ्नो दोस्रो एलबम ‘को हुँ म’ मा रहेको निर्मोही बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । व्याण्डको यो भिडियोको छायांकन त्यस दिन गरिएको थियो, जुन नेपालमा बिनाशकारी भूकम्प गएको थियो ।
सार्वजनिक भिडियोको गीत व्याण्डका भोकलिष्ट प्रइन सिंहले गाएका छन् । यसमा कम्पोज शरद युवराज सिंहको रहेको छ ।
स्तरिय रक संगीतका लागि नेपालदेखि अमेरिकासम्म उत्तीकै ख्याति कमाएको ‘द भाइब्ज व्याण्ड’को यो गीतको भिडियोमा प्रकाश, अञ्जना, अमृतलगायतले मोडलिङ गरेका छन् । भिडियो नेपाली शैलीमा निर्माण गरिएको छ । आफ्ना सबै भिडियो अमेरिकामा छायांकन गर्दै आएको व्याण्डले दोस्रोपटक सम्पूर्ण भिडियो नेपालकै विभिन्न स्थलमा छायांकन गरेको छ ।
अमेरिकामा रहेका उत्साहित युवाहरुले सञ्चालन गरेको द भाइब्जले व्याण्ड गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो । पहिलो एलबमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कुर्‍यो र २ वर्षअघि सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्यायो ।
महत्वकांक्षी ३ उत्साही युवाले गठन गरेका थिए यो ब्याण्ड । व्याण्डले यसअघि आफ्ना दुई एलबममा रहेको खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियो बनाएका छन् ।
‘बजारमा थोरै गीत संगीत र म्युजिक भिडियो ल्याउने तर स्रोता र दर्शकको मनमा बसिरहने चाहना हाम्रो व्याण्डको छ ।’ व्याण्डका ड्रमर दिरेकललाल श्रेष्ठले भने ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस