कार्यालय समयमा पुगेका अभिभावकले पन्तमाथि हातपातको प्रयास गर्न लाग्दा भागेर कार्यालय प्रमुखको क्वाटरमा पुगेका थिए । क्वाटर भित्र पसेका पन्तलाई प्रहरीले तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । आरोपित विरुद्ध अभिभावकले सोमबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन ।
पन्तले यस अघि पनि आफ्नै घरमा काम गर्ने एक बालिका माथि समेत यौन शोषण गरेको आरोप लागेको थियो, यता जनस्वास्थय कार्यालयमा कार्यरत हुदा पनि त्यहाँ कार्यरत महिला कर्मचारी माथि यौन दुव्र्यवहार गर्ने गरेको पन्त माथि पटक पटकको आरोप छ