४ दशकमा पहिलो पटक सगरमाथा अपराजित
loading...

Mount Everest Not conquered (4)
४ दशकमा पहिलो पटक सन् २०१५ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा अपराजित रह्यो।
बैसाख १२ मा आएको शक्तिशाली भूकम्पले सगरमाथालाई ३ सेन्टिमिटरले दक्षिणतर्फ सारेको छ। भुकम्पसंगै रोकिएको सगरमाथा आरोहणको कारण सन् २०१५ मा सगरमाथा को शिखरमा कोही पुग्न सकेनन्। सन् २०१५ मा सगरमाथाको कुनै सफल आरोहण भएन।सन् १९५३ देखि, ४००० भन्दा बढी आरोहीहरूले सगरमाथा चढिसकेका छन्। सन् २०१५ मा भने सगरमाथा चढ्न गएका आरोहिलाई भुकम्पले ज्यान लियो।
महाभूकम्पले नेपालमा करीब ८,७०० निर्दोष आत्मालाई निल्यो। सगरमाथा आरोहण गर्न गएका २४ जना सगरमाथा बेस क्याम्पमा भुकम्पसंगै आएको हिमपहिरोमा पुरिए। Mount Everest Not conquered (3)
२०१५ भन्दा पहिले, सगरमाथा आरोहणको क्रममा सबैभन्दा बढी मृत्यु सन् १९९६ मा भएको थियो। शिखर चढ्ने शिलशिलामा लेक लाग्ने, डोरी चुँडिने खस्ने लगायतका अन्य दुर्घटनाबाट करीब १५ जनाको मृत्यु भएको थियो।Mount Everest Not conquered (1)
अहिले सगरमाथाको आरोहण खुलिसकेको छ। भूकम्पले चीन र नेपालतर्फका बेसक्याम्पलाई क्षति पुर्याएपछि २०१५ को लागि भने कुनै पनि आरोहण कार्यक्रम नहुने घोषणा भएको थियो।
Mount Everest Not conquered (2)यध्यपी, एक बहादुरले भने सगरमाथाको शिखर चुम्ने साहस देखाएका थिए।
२०१५ मा ३३ वर्षीय जापानी आरोही ‘कुरिकी नोबुकाजु’ले शिखरमा पुग्ने साहस देखाएपनि उनी सफल भएनन। ३ वर्ष पहिले पनि सगरमाथा आरोहण गर्ने प्रयास गरेका उनी हिँउले औँलाका टुप्पा खाएपछि २९,०३५ फिट उचाइबाट फर्केका थिए।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस