चुला चुलामा ग्यासको पाइप जोडिदिने भन्दै प्रधानमन्त्री यसरी कुर्लिए
loading...

newsabhiyan
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खाना पकाउने एलपी ग्यास सिलिण्डरको युग नै समाप्त पारिदिने दावी गरेका छन । 
एमाले उपत्यका स्तरीय कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने भन्दै ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्ने दिनको अत्य छिट्टै गरेर घर घरमा पाईप लाईन पुर्याई दिने बताए ।
उनले भने,‘ घर घरमा पाईपबाट ग्यास पुगेपछि बुटेल आयो कि आएन रु सिलिण्डर पायो कि पाएन रु कुन सिलिण्डर कता रु यो सब झमेला नै भएन घर घरमा मिटर हुन्छ बाल्नुस् पैसा तिरिदिनुस् ।

ओलीले कार्यक्रममा धुवा छाड्ने बसको साटो सडकमा ईलेक्ट्रीक बस कुदाउने घोषणा पनि गरे । ओलीले काठमाडौंको फोहोरबाट पनि ग्यास निकाल्ने काम सुरु हुने जानकारी दिदैँ हावाबाट विजुली निकाल्ने र एक बर्ष भित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने योजना अनुसार काम भईरहेको बताए ।
तर यस्ता काम गर्न खोल्दा विपक्षीहरु भने आत्तिएको प्रधानमन्त्री ओलीको कथन थियो । उनले भने,‘यस्ता कुरा सुनेपछि केही केहीलाई तिरिमिरी झ्याँई भएको छ ।’
मन्त्रीमण्डल ठूलो बनाउनुपर्ने बाध्यता कांग्रेसका कारण भएको भन्दै उनले हालै बेलायती पत्रिकाको उत्कृष्ट अर्थमन्त्रीको सूचीमा परेको नेता रामशरण महतसम्मलाई व्यंग गरे ।

ओलीले भने,‘ कांग्रेस सरकारमा आइदिएको भए २०र २५ जना मन्त्रीले नै काम चलाउन सकिन्थ्यो । अझै पनि सरकारमा आउने हो भने मन्त्री घटाउन सकिन्छ, सानो मन्त्रीमण्डल बनाँउ ,बेलायत, युरोपतिर उत्कृष्ट कहलिएका व्यक्तिहरु छन् क्यार ।
कति पार्टी, कति मन्त्री छन् भन्नेतिर होइन, प्रधानमन्त्रीको को छ भन्ने ख्याल गर्नुस् उनले चुनौती दिए ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस