मुर्गा फसाउँदै हिँड्ने डीआईजी सनत केसीकी छोरी पक्राउ !
loading...

Bhagwati-kc काठमाडौं, २० पुस । आफूलाई डीआईजी सनत के.सी.को छोरी बताउने एक २३ वर्षीया युवती ठगी मुद्दामा पक्राउ परेकी छिन् ।
गुल्मी जिल्ला हस्तीचौर गाविस वडा नम्वर ९ स्थायी घर भएकी भगवती केसीलाई प्रहरीले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।
उनले पोखरादेखि काठमाडौंसम्म विभिन्न व्यक्ति र समूहलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानहरुमा आफू डाक्टर हुँ भनि परिचय दिने र कतैकतै डीआईजीको छोरी भनी परिचय दिई डाक्टर, कलाकर्मी, युवा तथा होटल व्यवसायीहरुलाई ठगी गर्दै हिड्ने कार्यमा संलग्न भगवतीलाई आइतबार सिनामंगलमा पक्राउ गरिएको हो ।
भगवतीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा लगेर थुनामा राखिएको छ ।
२३ वर्षीया भगवतीले डा.सुहाना, अदिती, सृष्टि के.सी. भन्ने नामबाट ठगी गर्दै आएको प्रहरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“नक्कली डाक्टर र डिआईजीको छोरी भनि परिचय दिई ठगी गर्दै हिड्ने युवती पक्राउ”
घटना विवरण :
काठमाण्डौ, पोखरा लगायत देशका विभिन्न स्थानहरुमा आफू डाक्टर हुँ भनि परिचय दिने र कतै डिआईजीको छोरी भनी परिचय दिई डाक्टर, कलाकर्मी,युवा तथा होटल व्यवसायीहरुलाई ठगी गर्दै हिड्ने कार्यमा संलग्न युवतीलाई मिति २०७२/०९/१९ गते का.जि.सिनामंगलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि म.न.प्र.परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति :
नाम :- डा.सुहाना, अदिति, सृष्टि के.सि.भन्ने भगवति के.सि.
उमेर :- अं.२३वर्ष
ठेगाना :- जि.गुल्मी, हस्तिचौर–९
हाल :- काठमाडौं, पोखरा लगायत विभिन्न स्थानहरुमा बसोबास गर्दै आएको ।
संपर्क नं.:- ९८६०७०७५६५, ९८०३१९६३६२, ९८१३६८४८१४, ९८१३६८४८२०,९८०३६४२६०६
९८६७२८४३५५, ९८२५१६२४१८, ९८१४११५२९६, ९८१३०५८८७१ ।
अनुसन्धानबाट खुलेका कुराहरु :
१. ठगी गर्नको लागिडाक्टर सुहाना के.सि.नामको फेक आईडी, फेक भाईवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी NTC  र  Ncell का सिमहरु प्रयोग गर्ने गरेको ।
२. विभिन्न होटलमा गई म डिआईजी सनत के.सि.को छोरी हुँ भनि परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको, बिभिन्न स्टोरबाट सामान लिई ठगी गर्ने गरेको, अन्य ब्यक्तिलाई म डिआईजी हुँ मेरो छोरीको रेख देख गरिदिनु भनि फोन गर्न लगाउने गरेको ।
३. १ वर्ष अगाडी पोखराका विभिन्न अस्पतालहरुमाडाक्टर बनि बिरामीलाई चेकजाँच गरेको बाहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाह गर्ने भनि संगै बसी ठगी गर्दै आएको, पोखराको स्थानीय पत्रिका ‘हट न्यू’ मा डाक्टर ठग्ने युवती भन्ने समाचार प्रकाशन भए पश्चातः निज ठग्ने उद्देश्यले काठमाडौंमा प्रवेश गरेको ।
४. २०७२ वैशाख १३–१४ काठमाण्डौ प्रवेश गरी विभिन्न डाक्टर, युवा तथा होटलमा ठग्दै आएको ।
५. मिति २०७१/०६/२६ गते डाक्टर हुँ भनि वैवाहिक सम्बन्ध राख्ने प्रयास गरेकोमा बिवाद हुँदा प्रभाग सातदोबाटोमा १ रात थुनामा रहेको ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस