नक्कली नेपाली नोट यसरी निर्माण हुन्छ पुरा पद्नुस
loading...

काठमाण्डु, १६ भदौ-नक्कली नेपाली नोटको कारोबार गर्ने वागेश्वरी–७ नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ परेका छन् । गँगबु बसपार्क नजिकैको आकाशे पुलमा एक हजारका ८० थान नक्कली नोटसहित भदौ १४ गते पक्राउ परेका न्यौपानेलाई बुधबार महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । उनी कार्यरत फोटोकपी पसलमा थप ५५ थान तयारी अवस्थामा र १३ थान नक्कली नोट एकातर्फ मात्र फोटोकपी गरेको अवस्थामा भेटिएको छ । हाल नेपालटार बस्दै आएका न्यौपाने बाफलस्थित ‘प्राइम लाइफ वैदेशिक रोजगार म्यादी जीवा बिमा’ मा काम गर्ने गरेको र सोही स्थानबाट उनले फोटोकपी गरी नक्कली नोट बनाउने गरेका प्रहरीले जनाएको छ । न्यौपानेलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलको टोलीले पक्राउ गरेको हो । राजधानीका भिडभाड हुने ठाउँमा यस्ता नोट कारोबार हुने गरेको र कारोबारीले एक हजार नक्कली बराबर डेढ सय सक्कली नोट साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको नायब उपरीक्षक पोखरेलले बताए

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस