गर्भवती महिलालाई उपचार गरेर घर फर्कीएकी नर्सको यसरी सामूहिक बलात्कार गरेर पछि
loading...

उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक महिलासँग सामूहिक बलात्कारपछि उनको अश्लील भिडियो भाइरल भएको छ । जसका कारण पीडा सहन नसकेर ती पीडित महिलाले आत्महत्या गरेकी छिन् । घटना मुजफ्फरनगर जिल्लाको छपार थाना क्षेत्रको हो । जहाँ छपरा गाउँस्थित स्वास्थ्य केन्द्रमा सीता (नाम परिवर्तन) नर्स पदमा कार्यरत थिईन् । उनी यसै गाउँमा बस्दै आएकी थिईन् । सोमबार गाउँकी एक गर्भवती महिलाको स्वास्थ्य अवस्था खराब भयो र उनकै परिवारका साथ नर्स शहरको अस्पताल गएकी थिईन् । जब उनी फर्किएर गाउँ पुगिन् तब रात परिसकेको थियो । यसैकारण गर्भवती महिलाका श्रीमानले नर्स सीतालाई उनकै घरसम्म छोडनका लागि सँगै गए । त्यही बेला बाटोमा पुरुषका साथी पनि भेटिए । त्यसपछि सबै मिलेर नर्स सीतालाई एक सुनसान ठाउँमा पुगेपछि पालैपालो सामूहिक बलात्कार गरे । यति मात्रै होइन् बलात्कारसँगै उनीहरुले सीताकोअश्लील भिडियो पनि बनाए ।


त्यसपछि उनलाई धम्की दिएर घर पुगाइयो । घटनाको दोस्रो दिन आरोपिहरुले नर्स सीतालाई फेरि फोन गरेर बोलाए । तर, सीता नआएपछि उनको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । तैपनि सीता आइनन् । त्यसपछि आक्रोशित पुरुषहरुले उनको भिडियो व्हाट्सएपबाट सार्वजनिक गरिदिए । जून अहिले भाइरल बनेको छ । यो कारण शारीरिक र मानसिक पीडा सहन नसकेर सीताले मंगलवार बेलुका विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सीता विवाहित महिला थिइन् । उनका ससुरालीले घटनाबारे छपार थानामा उजुरी दर्ता गराएका छन् । प्रहरी पीडित महिलाको अश्लील भिडियो पनि जाँच गरेको छ । आरोपीहरु फरार छन् । उनीहरुलाई प्रहरीले खोजीरहेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस