आजको राशिफल वि.सं. २०७२ साल माघ ५ गते। मंगलबार।
loading...


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सहयोगीहरूले राम्रो साथ नदिँदा फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
अध्ययनमा समय दिन नसकिए पनि आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। रोकिएका काम बिस्तारै बन्नेछन्, नयाँ काम पनि पाइनेछ। भेटघाटमा अलमलिनाले अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
काममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। तर, धेरै श्रमपछि कम मूल्य पाइने योग छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। लगानीको तुलनामा कम प्रतिफल पाइएला। तापनि, आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तर केही बाध्यतापूर्ण काममा समय बित्नेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम सजिलै बन्नेछन्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। धेरैले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लाग्न सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती सामना गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
केही अधैर्यपना बढ्न सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। व्यापारमा भने कम मात्र फाइदा होला। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस