यी हुन् यौनपिपाशु बाबु, जसले जेठीदेखि लिएर कान्छी छोरीलाई पनि छाडेनन्
loading...

Women
पीडित छोरीहरु
एजेन्सी । उत्तर प्रदेशको सन्तकबीरनगर जिल्लामा यौनपिपाशु एक कलयुगी पिताले रगतको नातालाई लज्जित बनाइदिएका छन् ।
यहाँ एक बाबु आफ्नै छोरीको जवानीको सिकार गरिरहेका थिए । यो घटना पुरै दस वर्षपछि सार्वजनिक भएको भारतीय च्यानल आजतकले जनाएको छ ।
यो लज्जास्पद घटना जिल्लाको खलीलाबाद इलाकाको हो । जहाँ ५० वर्षीय अरविन्द पाण्डे आफ्ना परिवारसँग बस्दै आएका थिए । उनको परिवारमा उनकी पत्नी र दुई छोरी छन् । पेसाले उनी एक शिक्षक हुन् । र प्राइमरी स्कूलका हेड मास्टर पनि हुन् । उनको काँधमा बालबालिकाहरुको भविष्य बनाउने जिम्मेदारी थियो ।
तर, उनी पछिल्लो १० वर्षदेखि घरभित्र आफ्नै छोरीसँग शैतान जस्तो व्यवहार गरिरहेका थिए । उनको दिमागमा यौनको भूत सवार थियो । उनले आफ्नी जेठीका साथै कान्छी छोरीलाई पनि बाँकी राखेनन् । आफ्नो यौन साधन बनाए ।
यो क्रम आज पनि चलिरहन्थ्यो, यदि उनकी पत्नी लक्ष्मीले हिम्मत नदेखाएको भए । यद्यपी, शनिवार ती आमाको तब धैर्यताको बाँध टुट्यो जब बेहोसी बाबुले यौनसम्पर्क राख्न खोज्दा विरोध भएपछि आफ्नी छोरीमाथि कुटपीट गरे । त्यसपछि आफ्नी घाइते छोरीलाई लिएर आमा प्रहरी चौकी पुगिन् ।
प्रहरीले युवतीलाई तुरुन्त अस्पताल लग्यो जहाँ उनको गोप्य अंगमा समेत घाउ पाइयो । युवतीको उपचार गरिरहेका डाक्टर सीएम पटेलले गोप्य अंगमा घेरै घाउहरु भेटिएको र १८ वटा टाका लगाएको बताए । उनले स्वस्थ हुन समय लाग्ने बताए । घाइते भएकी कान्छी छोरी हुन् ।
यो घटनालाई प्रहरीले गम्भीरताका साथ नलिएको भन्दै पीडित आमा मिडियाको शरणमा पुगेकी छिन् । उनले पत्रकारहरुलाई बारम्बार उजुरी दिँदा पनि प्रहरीले मुद्दा नगरेको दुखेसो पोखिन् ।
खलीलाबाद क्षेत्रका सीओ राजेन्द्र कुमार सिंहले पत्नीको उजुरीमा उनका पतिविरुद्ध संगीन धाराहरुमा मुद्दा दर्ता गरिएको बताए । घटनाको छानविन भइरहेको छ । उनले छानविन सकिएपछि आरोपीविरुद्ध कार्रवाई अगाडि बढाइने बताए ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस