हात खुट्टा बाधेर जङगलमा जिउँदै जलाएर हत्या गरिएको अवस्थामा १महिलाको शव फेला
loading...

शरिर जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घट्नास्थल पुगेका प्रहरी अधिकृत समद हुसैनले महिलाको हत्या गरी जलाएको हुन सक्ने बताए । उनले वरपरका स्थानीयलाई बोलाएर सोधपुछ समेत गरेका थिए । महिलाको हात खुट्टा कपडाले बाँधेको अवस्थामा फेला परेको छ ।बिहान आगो दन्केको देखेपछि गएर हेर्दा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानियबासीले बताएका छन् ।घटनास्थलमा महिलाको मुख थुन्न प्रयोग भएको मास्क, कपडा चप्पल समेत बरामद भएको प्रहरीले जनाएको छ । महिलाको सामूहिक बलत्कारपछि घटना लुकाउन हत्या गरेको हुन सक्ने एक स्थानियबसीले बताएका छन् । मृतक महिलाको मुखमा कपडाले बेरेको फेला परेकोले उनको हत्यापछि परालमा राखेर आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
ADDDDDDDDD