आजको राशिफल वि.सं. २०७२ साल पुस २८ गते। मंगलबार।
loading...


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सुरुमा केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू पुनः सुरु हुनेछन्। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। केही चुनौती देखिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। बुधबारपछि अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा भने आम्दानीका साथै खर्चसमेत बढ्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रियजनसँगको भेटघाटले साताको सुरुआत रमाइलो रहनेछ। अर्थ उपार्जन राम्रै हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ। सोमबार र मंगलबार स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ। अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ। बुधबारदेखि स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्। सप्ताहान्तमा विरोधीहरू बढ्नाले आँटेका काममा केही चुनौती देखापर्ने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सुरुमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। बुधबारदेखि यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। सप्ताहान्तमा समुदायको हक हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
प्रारम्भमा केही चुनौती देखिए पनि साताको भाग्य बलवान् रहनेछ। आँट गर्दा जटिल कामसमेत सम्पादन हुन सक्छ। प्रतिभा प्रदर्शन गरेरै धेरैलाई उछिन्न सकिनेछ। अनुभवले ज्ञान बढ्नेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। मनपर्ने साथी भेटिए पनि मनको गाँठो खोल्न साइत प्रतीक्षा गर्नुहोला। अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला। व्यवसायमूलक भ्रमण गर्ने समय छ। सप्ताहान्ततिर फसिने डरले सताउन सक्छ। स्वास्थ्यमा पनि ध्यान पुर्याउनुहोला।
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ। तापनि, धैर्यले काम लिन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर समेत जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ। विवादमा परिने योग भएकाले सावधान रहनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ। साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्। परिस्थितिको बन्धनमा परिने समय छ। हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ। बुधबारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू स्वतः हट्नेछन्। पढाइलेखाइमा प्रगति हुनेछ भने टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। आर्थिक पक्ष सबल बन्नुका साथै विविध भौतिक साधन जुटाउन पनि सफल भइनेछ। प्रतिस्पर्धाले खर्च भने बढाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
विभिन्न अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ। जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरूलाई पछि पार्न सकिनेछ। मनग्य धन आर्जन गर्ने मौका छ। बुधबार र बिहीबार भने विपक्षीहरूबाट सजग रहनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सप्ताहान्तमा पढाइलेखाइमा पनि प्रगति गर्न सकिनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। नयाँ काममा हात हाल्ने समय आएको छ। मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ। सहयोगीहरूको माध्यमले महत्वपूर्ण काम बन्न सक्छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। प्रयत्न गर्दा कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
प्रारम्भमा केही खर्च गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने समय आएको छ। मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ। सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। नाता गाँस्नेहरूले भने दुःख दिन सक्छन्। सप्ताहान्तमा प्रतिस्पर्धी बढ्ने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सुरुआतमा आर्थिक लगानी बढ्नाले अभावले सताउन सक्छ। सरसापटमा गएको धन फिर्ता उठाउन मुस्किलै पर्नेछ। श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ। बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्। बुधबारपछि परिस्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नाले उत्साह थपिनेछ। भेटघाटले प्रसन्नता दिलाउनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ। आकर्षक पहिरनले धेरैको मन लोभ्याउनेछ। प्रेमको बन्धन कसिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
प्रारम्भमा प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। तर, केही अनियन्त्रित खर्च पनि हुनेछ। बुधबारपछि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ। सप्ताहान्तमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस