Breaking News-जनकपुरम फेरी विस्फोट अहिलेसम्म ८५ को मृत्यु, कस्ले गर्‍यो त बम बिस्फोट पुरा पद्नुहोस ।
loading...

बुधबार बेलुका चीनको टायनजीनमा भएको विस्फोटमा अहिलेसम्म कम्तीमा ८५ जनाको मृत्यु भइसकेको छ भने ७२१ भन्दा बढी घाइते भइसकेका छन्। मर्नेमा २१ जना आगो निभाउने कर्मचारी रहेका छन्। करिब ६,३०० मानिसलाई अस्थायी टेन्टमा राखिसकेको बताइन्छ।
यसैबिच चिनियाँ अधिकारीहरुले स्थानिय बासिन्दालाई विस्फोट भएको क्षेत्रको ३ किलोमिटर वरिपरि नबस्न बताएको छ। निकै विषालु रसायन सोडियम साइनाइड घटनाक्षेत्रमा भेटिएकोले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइन्छ। भेटिएको सोडियम साइनाइड को उचित व्यवस्थापन गर्न मानिसहरु खटाइएका छन्।

 सोडियम साइनाइड सेतो रंगको क्रिस्टल हो जुन शरिरको लागि निलै विषालु मानिन्छ। पानीमा घुल्ने यो रसायनले हावाबाट पानी सोस्न सक्छ। साथै यसको धुलो सजिलै स्वास मार्फत शरिर भित्र जान सक्छ। यो घुलेका वा बलेमा निकै विषालु ग्यास ‘हाइड्रोजन साइनाइड’ निस्कन्छ।

साथै एक व्यक्ति विस्फोटको ५० मिटर टाढा जीवितै भेटिएको चीनको सिन्हुवा समाचार एजेन्सीले बताएको छ।
विस्फोट पछि मानिसहरुलाई मास्क र शरिर ढाक्ने लुगा लगाउन भनिएको छ।

सो विस्फोट यति ठुलो थियो कि त्यहाँको भुकम्प मापन केन्द्रले समेत कम्पन नापेको थियो। विस्फोट भएको घरमा बिभिन्न विषालु रसायनहरु राखिएका थिए। सो घरको मालिकलाई भने चिनिँया अधिकारीहरुले नियन्त्रणमा लिइसकेका छन्।

विस्फोट भन्दा अघि आगो बल्न सुरु भएको सो ठाँउमा आगो निभाउने मानिसहरुले पानीसंगै क्याल्सियम कारबाइड प्रयोग गर्नाले पनि विस्फोट भएको हुन सक्ने बताइन्छ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस