तीन प्रहरी अधिकृत साढे चार लाख घुससहित पक्राउ
loading...

फोटो :घुससहित पक्राउ डिएसपी डिएन ज्ञवाली
काठमाडौं : नेपाल प्रहरीका एक डिएसपीसहित तीन प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ गरेको छ । 
 
ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिजको गेट अगाडिको थाई घर रेस्टुरेन्टमा एक पेट्रोल पम्प सञ्चालकबाट घुस लिँदा लिँदै डिएसपी दयानन्द (डिएन) ज्ञवालीसहित दुर्इ प्रहरीलाई अख्तियारले सोमबार राति पक्राउ गरेको हो । 
 
ललितपुरको एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पका सञ्चालकबाट मुद्दा मिलाइदिने भन्दै ३ लाख घुस लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
 
अख्तियारको टोलीले डिएसपी ज्ञवाली र इन्स्पेक्टर रमेशकुमार सिंहको साथबाट ३ लाख रुपैयाँ बरामद गरेको छ । 
 
त्यसैगरी सई लालमणि पाण्डेलार्इ अख्तियारको टोलीले डेढ लाख रुपैयाँ घुससहित कलंकीबाट सोमबार राति नै पक्राउ गरेको छ । 
 
घुससहित पक्राउ परेका तीनैजनालाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस