आज भ्यालेन्टाइनडे !!!तर यी देशहरुमा भने प्रतिबन्धित,जानौ कारणहरु !!
loading...

काठमाडौं । फेब्रुअरीको सुरुवातदेखि नै भ्यालेन्टाइनडेको चर्चा सुरु हुन्छ । विश्वभर यसलाई प्रणय दिवसका रूपमा मनाइन्छ । तर, त्यस्ता देश पनि छन्, भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । कतिमा त सरकारले नै यो दिनमाथि प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइनडे प्रतिबन्धित देश र ठाउँ,नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मलेसिया
मलेसियाको जनसंख्यामा ६० प्रतिशत मुस्लिम समुदायका छन् । यही समुदायले भ्यालेन्टाइनडे मनाउन प्रतिबन्ध लगाएको छ । प्रणय दिवसका दिन यहाँ घरबाट निस्कन पनि अत्यन्त खतरनाक हुन्छ । सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइनडेकै दिन होटेलमा छापा मारेको थियो । र, भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो ।
इरान
इरान सरकारले सन् २०११ देखि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाएको हो । सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिवेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कसैले भ्यालेन्टाइनडे मनाएको पाएमा जरिवाना, जेल सजाय हुने इरान सरकारले बर्सेनि सूचना निकाल्दै आएको छ ।
रुस
पूरै रुसमा होइन, बेलगोरोड प्रान्तमा चाहिँ रुसले पनि भ्यालेन्टाइनडे ‘सेलिब्रेसन’माथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सन् २०११ बाट सुरु भएको हो । प्रान्तकै जनताले यसको विरोध गर्न थालेको लामो भएको थियो । त्यही विरोधलाई सम्बोधन गर्दै त्यहाँका गभर्नरले यो प्रतिबन्ध लगाएका हुन् । सार्वजनिक रूपमा भ्यालेन्टाइनडे नमनाउन आग्रह गरिएको सूचना सरकारले मिडियामा प्रकाशित गर्दै पनि आएको छ ।
साउदी अरब
साउदी अरबमा पनि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । यो दिन सार्वजनिक बिदा दिने होइन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् । त्यति मात्र होइन, १४ फेबु्रअरीभन्दा पहिले नै गुलाब, रातो रङका सामान तथा लभ थिमका कार्डमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
इन्डोनेसिया
इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ । इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजना सँगै होटेल जान पनि १४ फेब्रुअरीमा पाइँदैन । सिंगललाई मात्र होइन, यो प्रतिबन्ध विवाहित जोडीमाथि पनि लगाइएको छ ।
‘भ्यालेन्टान्सडे’का रोचक कुरा
अमेरिकामा क्रिसमसपछि ‘भ्यालेन्टाइन्सडे’कै दिन सबैभन्दा बढी कार्ड आदान–प्रदान हुने गर्छ ।
साउदी अरबमा ‘भ्यालेन्टाइन्सडे’माथि प्रतिबन्ध लगाइएको छ । यो दिन रातो गुलाब, मुटु आकारका कुनै पनि वस्तु र ‘गिफ्ट’ बिक्री–वितरण गर्न पाइँदैन । रातो पहिरनमा सजिएर घरबाहिर निस्किनेलाई ‘भ्यालेन्टाइन्सडे’ मनाएको आरोपमा सजाय दिइन्छ ।
‘भ्यालेन्टाइन्स डे’मा संसारभर पाँच करोडवटा गुलाबको बिक्री हुने गरेको अनुमान छ । ‘भ्यालेन्टाइन्सडे’मा फूल किन्नेमध्ये ७३ प्रतिशत पुरुष हुन्छन् ।
‘भ्यालेन्टाइन्सडे’मा बिहेका लागि औसत दुई लाख २० हजारले प्रस्ताव पर्ने गरेका छन् । वर्षभरिमा हुने प्रेम प्रस्तावको यो करिब १० प्रतिशत हो ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस