पार्टी कार्यालय पुर्‍याइयो कोइरालाको पार्थिव शरीर (फोटो)
loading...


नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई निवास महाराजगञ्जबाट पार्टी कार्यालय सानेपा पुर्‍याइएको छ ।

सानेपा लैजानुअघि निवासमा उनको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । उपप्रधानमन्त्रीहरु विजय गच्छदार र कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की तथा एमाले नेता झलनाथ खनाल लगायतले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस