आफ्नै चार छोराछोरी मारेर पुरेको शंकामा बाबुआमा पक्राउ
loading...

जिल्लाको पश्चिम खत्याड भेगको ह्याँग्लु गाविसको एकै घरबाट पाँच दिनअघि हराएका चार बालबालिकाको शव गाडिएको अवस्थामा भेटिएको छ। चारैजनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा गाँउदेखि १ सय मिटर तल बारीमा फेला परेको हो ।
मंसिर ९ गते देखि चारजना बालबालिका हराएको भन्दै बुवाले सुकाढिक प्रहरी चौकीमा जाहेरी दिएका थिए । आइतबार विहान ह्याँग्लु गाविस–६ रिगा गाउँमा जमिनमा खाल्डो खनेर पुरिएको अवस्थामा चारजना बालबालिकाको शव भेटिएको हो ।
नन्दबहादुर रोकायाकी ९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दीप रोकायाको शव गाँउ भन्दा एक सय मिटर टाढा बारीको आलीमा एकै खाल्डोमा गाडिएको अवस्थामा भेटिएको हो ।
बालबालिकाको शव भेटिएको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएर अनुन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख लोकबहादुर जिसीले जानकारी दिए ।
सदरमुकामभन्दा दुई दिन टाढा सञ्चार सम्पर्क पनि हुन नसक्ने स्थान भएकाले विस्तृत जानकारी आउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढिकबाट गएको प्रहरीले घटनास्थल आफ्नो नियन्त्रण राखेपछि जिल्लाबाट पनि प्रहरी सहायक निरीक्षकसहित पाँचजनाको टोली घटनास्थल तर्फ गइसकेको छ ।
मृतक बालबालिकाका बुवा नन्द रोकाया, आमा र हजुरआमालाई प्रहरीले रातापानीमा राखेर सोधपुछ गरिरहेको छ ।
जिल्लाबाट खटिएको प्रहरी पुगेपछि मृतकका बाबुआमा र हजुरआमालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउने छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस