जोलीले ओलीलाई भेटे
loading...


प्रधानमन्त्री केपी शर्मा ओलीसंग भारतीय जनता पार्टीका सांसद विजय जोलीले बिहीबार औपचारिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा ओलीले जोलीसँग नाकाबन्दीबारे असन्तुष्टि प्रकट गरेका थिए ।
'नेपालीले नेपालका लागि संविधान बनाउँदा कोही मित्र राष्ट्रले असन्तुष्टि प्रकट गर्नु पर्ने कारण छैन' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'नेपालमाथि किन यस्तो व्यवहार भइरहेको छ, म छक्क परेको छु ।'

स्रोतका अनुसार भारतीय नाकाबन्दीलाई लक्षित गर्दै ओलीले नेपाल कुनै पनि छिमेकीसँग सम्बन्ध बिगार्न अनिच्छुक रहेको पनि प्रष्ट पारेका थिए । जवाफमा जोलीले नेपालको घटनाक्रम, नेपाली र प्रधानमन्त्री ओलीको चासोलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राख्ने र आफ्नो दल भारतीय जनता पार्टीमा पनि 'ब्रिफङ' गर्ने प्रतिबद्धता जनाएको स्रोतले बतायो ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस