शान्तिसेनाको वेस क्याम्पमा आक्रमण, तीनजनाको मृत्यु |
loading...

काठमाडौं, मंसिर १२ । मध्य अफ्रिकीमुलुक मालीको उत्तरी किदालस्थित संयुक्त राष्ट्रसंघका शान्तिसेनाको वेस क्याम्पमा रकेट आक्रमण हुँदा तीनजनाको मृत्यु भएको छ ।

मारिनेमा दुईजना राष्ट्रसंघका शान्तिसेना र अर्का एकजना निर्माण व्यवसायी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुने शान्तिसेना कुन देशका हुने भन्ने खुलेको छैन । आक्रमणमा १४ जना घाइते भएका छन् ।

फ्रान्सले मालीको उत्तरी मरुभूमिबाट इस्लामिक लडाकूलाई परास्त गर्ने सैन्य अभियान सन्चार गरेपछि राष्ट्रसंघले सन् २०१४ बाट त्यहाँ शान्तिसेना परिचालन गर्ने निर्णय गरेको थियो ।

आक्रमण गर्नेको पहिचान हुन सकेको छैन ,

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस