भारतीय दूतावासको गाडीमा कसरी लाग्यो आगो ? यस्तो छ प्रत्यक्षदर्शीको बयान (भिडियो) -
loading...

काठमाडौं, मंसिर १२ । भारतीय दूतावासको एउटा गाडीमा शनिबार राजधानीको पानीपोखरीमा आगजनी भएको छ ।

आगजनीमा परेको दूतावासको २२ सीडी १७ नम्बरको उक्त गाडीको भित्री भाग जलेर नस्ट भएको छ भने सिसा पनि फुटेका छन् ।

भारतीय नाकाबन्दीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेको बताइएको छ ।

रोकिराखिएको गाडीमा भित्रबाट एक्कासि आगो लागेको र त्यसलाई स्थानीय मिलेर निभाएको प्रत्यक्षदर्शीको भनाइ छ ।

दूतावासको गाडीमा आगलागी भएको खबरपछि घटनास्थलमा पुगेका सुरक्षाकर्मीले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने भारतीय नाकाबन्दीकाविरुद्धमा जनताले नै दूतावासको गाडीमा आगजनी गराएको प्रतिक्रिया दिए ।

यसैबीच, भारतीय दूतावासले भने प्राविधिक त्रुटिका कारण गाडीमा आगलागी भएको जनाएको छ ।

नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेको भनी आाएको समाचारलाई पनि दूतावासले माओवादीको झूटो प्रचार भनी टिप्पणी गरेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस