जब प्रधानमन्त्रीको भाषण सुनेर छक्क परे सन्चारकर्मी !
loading...

काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत् ११३६ प्रारम्भ भएको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटीले शनिबार भृकुटीमन्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘नेपाल सम्बत्को नयाँ वर्ष प्रारम्भ भएको अवसरमा म यहाँहरुलाई धेरैधेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।’

‘चिया खान बोलाएर आयोजक साथीले भाषण सुनाएर राखिरहनुभएको छ, आज भाषण नगरौं, साथीहरुलाई धेरै शुभकामना छ, आयोजकलाई धन्यवाद छ, चिया खानतर्फ लागौं, मेरो मन्तव्य सकियो धन्यवाद’– प्रधानमन्त्री ओलीले सो अवसरमा भने ।

लामो समयसम्म कुरेर प्रधानमन्त्रीको भाषण रेकर्डका लागि तम्तयार बन्दै गरेका सन्चारकर्मी भाषण टुंगिएको सुनेपछि छक्क परेका थिए ।

झन्डै दुई घन्टा लामो उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले एक मिनेट १५ सेकेन्डमात्रै मन्तव्य सके पनि अरु वक्ताले भने भाषणका लागि प्रशस्त समय खर्चेका थिए ।

यो समयभित्र उनले नेवारी भाषाबाटसमेत उपस्थित समुदायलाई शुभकामना व्यक्त गर्न भ्याएका थिए ।

सो अवसरमा बोल्ने वक्ताले नेपाल सम्बत्लाई सबै सरकारी कामकाजमा ल्याउन आग्रह गर्दै प्रयोगमा आइरहेको विक्रम सम्बत्को खारेजीको माग गरेका थिए ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सानु श्रेष्ठ, नेत्री सावित्रा भुसाललगायतले सम्बोधन गरेको उक्त समारोहमा नेपाली भेषभूषा र संस्कृति झल्कने गीत, संगीत र नृत्य प्रस्तुत गरिनुका साथै नयाँ वर्षको उपलक्ष्यमा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस