पेट्रोल बम प्रहार गरी बोर्डिङ स्कुलमा आगजनी
loading...

मंसिर १२, २०७२- महोत्तरी जिल्लाको सोनामाई गाविसमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनामाई गाविस-२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।

आगजनीबाट सो विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज, फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए ।

गाउँभन्दा बाहिर जलेश्वर-बर्दिबास सडकखण्डको छेउमा रहेको सो विद्यालयमा मध्यरातमा भएको आगजनीबारे कसैले केही पनि थाहा पाउन सकेनन् ।

आगजनीबाट दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।



ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस