सुनौलीबाट ६ बुलेट ग्यास आयो
loading...

काठमाडौं, मंसिर १२ । भारतको नाकाबन्दीका कारण शनिबार पनि नेपाल–भारत सीमानाकाहरुबाट आयात प्रभावित बन्यो ।

शनिबार दिनभरमा विराटनगर जोगबनी नाकाबाट ८ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोलसहित ९५ ओटा मालबाहक गाडी नेपाल भित्रिए ।

यसअघि, शुक्रबार राति यो नाकाबाट १६ ट्यांकर पेट्रोल, २३ बुलेट ग्यास र २४ ट्यांकर डिजेल नेपाल भित्रिएको थियो ।

काँकडभिट्टा–पानीट्यांकी नाकाबाट भने शनिबार कुनैपनि इन्धनका गाडीले प्रवेश पाएनन् ।

यस्तै, भैरहवा–सुनौली नाकाबाट शनिबार दिनभरमा ६ बुलेट ग्यास र धनगढीको गौरीफन्टा नाकाबाट ७ ट्यांकर डिजेलसहितका मालबाहक गाडी नेपाल भित्रिए ।

यस्तै, नेपालगन्ज–रुपैडिहा नाकाबाट पनि केही मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् ।

वीरगन्ज–रक्सौल नाका भने अझै ठप्पै छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस