पोखरा मा ३२ वर्षसिय आमा र १० वर्षसिय छोरीको सामूहिक बलात्कार पछी बीभत्स हत्या
loading...

बलात्कारपछि ३२ वर्षदेखि कोमामा रहेकी भारतीय एक नर्सको सोमबार मृत्यु भएको छ । यससँगै भारतको एउटा ‘जिउदो कालो इतिहास’को अन्त्य भएको छ ।

जुन १ मा ६८ वर्षमा पुग्ने उनी मुम्बईको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्र्षदेखि कोमा रहेकी थिइन् । अस्पतालकी ज्येष्ठ सदस्यका रुपमा रहेकी उनको जन्मदिन भब्य बनाउने तयारी अस्पतालले गरेको थियो । भारतीय मिडियाका अनुसार उनी राखिएको कोठाको रंगरोगन भर्खरै सकिएको थियो ।

शानबाग केहीदिन अघि एक्कासी निमोनियाबाट ग्रसित भएपछि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो ।  स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि तीनदिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


२३ वर्षको उमेर भर्खर टेकेकी अरुणा सन् १९७३, नोभेम्बर २७ को दिन आफ्नो ड्युटी सकेर कपडा बदल्नका लागि चेन्जिङ रुममा गएकी थिइन् । पहिल्यै त्यहाँ पुगेका सोहनलालले अरुणालाई झम्टेर कुकुरको गलामा बाँध्ने चैन अरुणाको घाँटीमा बाधिदिए ।  सोहनलालले बलात्कार गरेर भागेका थिए ।

कसरी भयो बलात्कार ?
मुम्बईको केईएम अस्पतालमा नर्सको रुपमा कार्यरत शानबागलाई सोही अस्पतालमा कार्यरत सोहनलाल नामका ब्यक्तिले बलात्कार गरेको थिए । २३ वर्षको उमेर भर्खर टेकेकी अरुणा सन् १९७३, नोभेम्बर २७ को दिन आफ्नो ड्युटी सकेर कपडा बदल्नका लागि चेन्जिङ रुममा गएकी थिइन् । पहिल्यै त्यहाँ पुगेका सोहनलालले अरुणालाई झम्टेर कुकुरको गलामा बाँध्ने चैन अरुणाको घाँटीमा बाधिदिए । त्यसपछि अरुणाको दिमागसम्म रगत परिचालन गर्ने नशा काटियो र उनी यो अवस्थामा पुगिन् । यही अवस्थामा सोहनलालले बलात्कार गरेर भागेका थिए । उनको मृत्यु भइसकेको ठहराएर छाडेपनि अरुणाको तुरुन्तै प्राण पखेरु उडेन । उनी कोमामा गइन्, ४२ वर्षसम्म उनले कोमामैं जिइन् ।

अरुणा सोहनलालको हमालकै समयमा अपांग भइसकेकी थिइन् । जाँचका क्रममा प्रहरीले हमलासँगै बलात्कार भएको भेटायो र सुराकका आधारमा सोहनलाललाई गिरफ्तार ग¥यो ।  तर, सोहनलाललाई ठूलो सजाय भएन । कानको बाली लुट्ने र हत्याको प्रयासको केस लगाइयो । सात वर्ष जेल सजाय भोगेपछि उनी नाम बदलेर दिल्लीमैं रहेका अस्पतालमा काम गरिरहेका छन् ।

इच्छामृत्यु मागिएको थियो
पत्रकार तथा लेखिका पिंकी विरानीले अरुणाको यो जीवनमाथि किताब लेखेकी छिन् । उनले सोहनलाललाई कडा सजाय दिने अभियान पनि थालेकी थिइन् । तर, सफल भइनन्  ।  अरुणको जीवनका दुःख नजिकबाट नियालेकी पिंकीले सुप्रिम कोर्टमा इच्छा मृत्यु मागेकी थिइन् । तर, कोर्टले अस्वीकार गरेको थियो ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस