दक्षिण एसियामा भारतको घमण्ड तोड्न अमेरिकाले बेच्यो पाकिस्तानलाई लडाकू विमान
loading...

काठमाडौं, २२ मंसिर । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग गर्ने तयारी गरेको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकाले पाकिस्तानलाई एफ-१६ लडाकू विमान बेच्ने तयारी गरेको हो । पाकिस्तानका पूर्व राजदूतले चेतावनी दिँदै भनेका छन्- यो लड़ाकू विमान पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्नेछ, न कि आतंकवादविरुद्ध ।

अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूत
अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूत हुसैन हक्कानी
हुसैन हक्कानी नामका पूर्व राजदूतले यस्ता सैन्य उपकरण बेच्दा पाकिस्तानसँग सम्झौता हुनुपर्ने बताए । अमेरिकामा पाकिस्तानको राजदूत बसेका हुसैनले अमेरिकी राष्ट्रपति बराक ओबामा प्रशासनको तर्फबाट पाकिस्तानसँग न्यूक्लियर डीलको सम्झौताले दक्षिण एशियामा विवाद बढ्ने दाबी गरेका छन् ।
उनले यो सम्झौताबाट दक्षिण एसियामा भारतको घमण्ड केही हदसम्म उत्रिने समेत बताए । यसअघि केही महिना पहिला पनि अमेरिकाले ६५ अरब रुपैयाँमा तैयार भएको लड़ाकू हेलिकप्टर, मिसाइल र अन्य उपकरण अमेरिकाले पाकिस्तानलाई बेचेको थियो ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस