राजतन्त्रको मागगर्दै शाही युवा शक्तिको वृहत मार्चपास
loading...


शाहीयुवाशक्ति नेपाल (आर.वाई.पी) नेपालले पुस ४ गते काठमाडौंमा बृहत्तमार्चपास गर्ने भएको छ । आर.वाई.पीको बैठकले गणतान्त्रिक संविधानले मुलुकको हितगर्न नसक्ने निश्कर्ष निकाल्दै राजसंस्थाको पूर्नस्थापनाको लागि देशव्यापी बृहत्तमार्चपास गर्ने निर्णय गरेको बताईएको छ ।
आरवाईपीका अध्यक्ष पशुपति खड्काले राजसंस्था नेपालको अभिभावकीय संस्था भएकाले त्यसलाई पूर्नस्थापनागर्नु अहिलेको आवश्यकता भएको बताए । खड्काले भने, ‘देश पछिल्लो दिनमाविदेशीहरुको गुलामभएको छ, विदेशीएजेण्डा बोकेर चर्को कुरा गर्दैमा देशमा कायापलट हुन्छ भनेर भ्रम छर्दा आज देशको यो हालत भएको छ ।’
उनले प्रमुख राजनीतिकदलहरु पटक–पटक असफल भईसकेको दाबीगर्दै राजाविनाको संविधानले कसैको भलो नगर्ने धारणा राखे । खड्काले राजाविनाको देश मियोविनाको दाईजस्तै भएको समेत स्पष्ट पारे । अध्यक्ष खड्काका अनुसार आगामी शनिबार पुस ४ गते मध्यान्न भद्रकालीमा भेला भएर रत्नपार्क हुँदै शान्तिबाटिकामा पुगरे कोणसभामा परिणत हुने बताए ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस