कलैयामा ग्यासको लाइन: काठमाडौंको भन्दा लामो !
loading...

Gas Line At Kalaiya (2)
सुभाषप्रसाद साह
१० पुस, कलैया । मधेसमा भइरहेको आन्दोलन र भारतीय नाकाबन्दीले राजधानीबासीलाई दिएको दुःख हामीले देखेका छौं र भोगेका छौं ।
तर, आन्दोलनले मधेसलाई पनि कम पीडा दिएको छैन । बारा सदरमुकाम कलैयामा ग्यासका लागि लगाइएको खाली सिलिण्डरको लामो लाइनले मधेसको पीडा सचित्र देखाएको छ ।
कलैयास्थित उद्योग वाणिज्य संघको गेटदेखि भरत चोक हुँदै देवकोटा चोकसम्म नै खाली सिलिण्डरको लाइन लागेको छ । बारा उद्योग वाणिज्य संघको विशेष पहलमा ७.१ केजी अर्थात आधा सिलिण्डर ग्यास ६ सय ९० रुपैयाँमा पाइने बताइएपछि डीपो अगाडि निकै लामो लाइन लागेको हो ।

Gas Line At Kalaiya (1)
बिहीबार साँझदेखि नै मानिसहरु लाइनमा बसेका छन् । तर, ग्यास भने आइतबार मात्रै दिइने बताइएको छ । विहीबार र शुक्रबार कुपन बाँडिएको र आइतबार ग्यास दिइने बारा उद्योग बाणिज्य संघका महासचिव राजकुमार साहले बताए ।
विगत साढे चार महिनादेखिको लामो अनिश्चितकालीन आन्दोलनले इन्धन, ग्यास लगायतका अति आवश्यक सामानको अभाव मधेसमा पनि उत्तिकै देखिएको छ । काठमाडौंजस्तै मधेसमा पनि ग्यासमा कालोबजारीले छोइनसक्नु भएको छ ।
ग्यासको अभावमा मानिसहरुले लामो समयदेखि दाउरामै खाना पकाउन थालेका छन् । तर, मधेसमा दाउरा पाउन त्यति सहज छैन । सरकारले काठमाडौंमा दाउरा बेच्ने अभियान चलाए पनि मधेसमा त्यस्तो सरकारी अभियान चलेको छैन ।
यसैवीच मधेस आन्दोलनले सहर अस्तव्यवस्थ हुँदा सदरमुकाममा फोहोरसमेत उठ्न छाडेको छ । सरकारी कार्यालयहरु सुचारु हुन सकेका छैनन् । सडकमा जतात्यतै काठमाडौंमा जस्तै फोहोरको थुप्रो देखिन थालेको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/12/366995/#sthash.57kLb64A.dpuf
बिहीबार साँझदेखि नै मानिसहरु लाइनमा बसेका छन् । तर, ग्यास भने आइतबार मात्रै दिइने बताइएको छ । विहीबार र शुक्रबार कुपन बाँडिएको र आइतबार ग्यास दिइने बारा उद्योग बाणिज्य संघका महासचिव राजकुमार साहले बताए ।
विगत साढे चार महिनादेखिको लामो अनिश्चितकालीन आन्दोलनले इन्धन, ग्यास लगायतका अति आवश्यक सामानको अभाव मधेसमा पनि उत्तिकै देखिएको छ । काठमाडौंजस्तै मधेसमा पनि ग्यासमा कालोबजारीले छोइनसक्नु भएको छ ।
ग्यासको अभावमा मानिसहरुले लामो समयदेखि दाउरामै खाना पकाउन थालेका छन् । तर, मधेसमा दाउरा पाउन त्यति सहज छैन । सरकारले काठमाडौंमा दाउरा बेच्ने अभियान चलाए पनि मधेसमा त्यस्तो सरकारी अभियान चलेको छैन ।
यसैवीच मधेस आन्दोलनले सहर अस्तव्यवस्थ हुँदा सदरमुकाममा फोहोरसमेत उठ्न छाडेको छ । सरकारी कार्यालयहरु सुचारु हुन सकेका छैनन् । सडकमा जतात्यतै काठमाडौंमा जस्तै फोहोरको थुप्रो देखिन थालेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस