जनकपुरमा बिहानैदेखि प्रदर्शन, प्रहरी चौकीमा ढुंगामुढा
loading...


पुस १३, २०७२- सद्भावना अध्यक्ष राजेन्द्र महतोमाथि शनिबार बिराटनगरमा आक्रमण भएयता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको छ । सोमबार बिहानैदेखि जनकपुरमा प्रदर्शन भइरहेको छ ।
एक सातादेखि सञ्चालनमा रहेका स्कुल, कलेजहरु सोमबार पुन: बन्द गराइएका छन् । नगरभित्रका पसल तथा व्यापारिक प्रतिष्ठानहरु पूर्णत: बन्द छन् । आन्दोलनकारीहरुले जानकी मन्दिर परिसरमै रहेको प्रहरी चौकीमा ढुंगामुढा गरे पछि यस क्षेत्रमा तनाव छ ।
यसबीच आईतवार अपरान्ह प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच रामचोक, जनकचोक तथा शिवचोकमा भएको दोहरो भिडन्तको क्रममा प्रहरीले नियन्त्रणमा लिएको ६ जना प्रदर्शनकारीलाई छाड्नुपर्ने माग मोर्चाले गरेको छ ।
मोर्चा घटक सदभावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले नियन्त्रणमा लिइएका युवकहरुलाई अविलम्ब नछाडि नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिए ।
आईतबार अपरान्ह दुईतर्फी झडपमा १२ जना प्रदर्शनकारी तथा केही सुरक्षाकर्मी घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अनेकौ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस