थोत्रा लुगा खोसाखोस
loading...
पुस १५, २०७२- लोथर २ स्थित युर्तिका ९
वर्षीय रमेश चेपाङको जाडोमा लगाउने न्यानो लुगा छैन । टिसर्ट नयाँजस्तो
देखिए पनि हाफ पाइन्ट च्यातिएको छ । यिनै लुगामा जाडो कटाउनु उनको बाध्यता छ
।
लुगा फाटेको वर्ष दिन हुन लाग्यो । नयाँ किन्न नसक्दा उनी साँझ पर्नासाथ घर छेउको कुनामा आगो बाल्छन् । छेउमा पराल ओछ्याउँछन् । र, त्यही आगो छेउमा निदाउँछन् ।
घरमा अन्नको जोरजाम भएको दिन आधा पेट भए पनि खान पाउँछन् । नहुँदा भोकै । ‘जाडो छ,’ उनले भने, ‘लाउने लुगा छैन ।’ केही समयअघि गाउँमा सहयोगी मार्फत जुटेको लुगा आइपुग्यो । एकपटक लगाइसकेका लुगा लगिएको थियो । लुगा आउने खबरले टाढाटाढादेखि गाउँले जम्मा भए । त्यही भीडमा थिए रमेश पनि । लुगा भुइँमा राख्न नपाउँदै खोसाखोस हुन थाल्यो ।
उनले भीडमा छिरेर आफूलाई ठिक्क हुने लुगा लिने प्रयास गरे । त्यो पनि नभएपछि जस्तो भए पनि लिन्छु भनेर लुगा खोजे । पाउन सकेनन् । उनी निराश भए ।
‘लुगै पाइन,’ उनले फाटेको हाफ पाइन्ट देखाउँदै भने, ‘यो लुगाले जाडो भएको छ ।’ उनलाई लाजभन्दा बढी जाडोबाट कसरी बच्ने चिन्ता छ ।
यो समस्या उनको मात्र होइन । अधिकांशले जाडोमा न्यानो लुगा लगाउन पाएका छैनन् । ओड्ने ओछ्याउने नहुँदा आगोको भर पर्नुपरेको छ । केही गाउँले भने न्यानो खोज्दै ओडार चहार्ने गरेका छन् । गाउँमा थोत्रा लुगा लिएर जाँदा खोसाखोस हुन्छ ।
अरूले एकपटक लगाइसकेको पाउँदा उनीहरू दंग पर्छन् । ‘नयाँ किन्न सकिँदैन,’ माइलीमाया चेपाङले भनिन्, ‘अरूको जडौरी लगाएर बस्नुपरेको छ ।’ उनले त्यही पाउन पनि सास्ती खेप्नुपरेको बताइन् । थोत्रा टालेफाटेका लुगा लगाउनुपर्ने बाध्यता चेपाङ समुदायमा छ । न्यानो लुगा नहुँदा बढी मात्रमा बालबालिका प्रभाविन छन् । चिसोले रोगसमेत देखिएको छ ।
चिसोले निमोनिया भई बर्सेनि बालबालिकाको ज्यानै जाने गरेको छ । ‘नयाँ लुगा लगाउने हाम्रो भाग्यमा लेख्या छैनजस्तो छ,’ बलराम चेपाङले भने, ‘अरूले दिएको जडौरी लिन ठूलै सास्ती खेप्नुपर्छ ।’ उनले बिहान बेलुकाको छाक जुटाउन पनि उस्तै छ ।

ADDDDDDDDD