आजको राशिफल वि.सं. २०७२ साल माघ १८ गते। सोमबार।
loading...


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
प्रयत्न गर्दा प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पढाइलेखाइमा त्यति समय दिन नसकिएला। पेटको खराबीले पनि सताउन सक्छ। तापनि हिम्मत गर्दा धेरै काममा फाइदा हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
बलजफ्ती गर्नाले काम बिग्रन सक्छ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुने योग छ। अरूको भावना बुझ्न सके काममा सहयोग पनि जुट्नेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। आम्दानी बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक काम सुरु हुन सक्छ। कार्यक्षेत्रमा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। तर, खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। आवश्यक पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले पनि अलमल्याउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य फाइदा मिले पनि घरखर्चको मात्रा बढ्ने देखिन्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहाला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस