कतारमा नेपालीसहित पाँच जनालाई मृत्युदण्ड, , टाउको काटेर २४ घण्टा झुन्डाउने आदेश
loading...


कतारको क्रिमिनल अदालतले रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना कामदारलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।

मृत्यु दण्ड पाउनेमा नेपाली नागरिक साहताज शेख र अन्य चार बंगलादेसी नागरिक छन् । नेपाली नागरिकको ठेगाना खुलाइएको छैन । बंगलादेशी नागरिकहरु रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्मद रसिद मुहम्मद र मुहम्मद रुसिल रहेका छन् ।

अदालतले गत बिहीबार उनीहरुलाई मृत्युदण्डको फैसला सुनाएको दोहा न्यूजले जनाएको छ ।

उनीहरुले आफ्नै रोजगारदातालाई निर्माणाधीन भवनको एक कोठामा लगेर हत्या गरेका थिए । रोजगार दाताको पूर्ण विवरण खुलाइएको छैन ।

मृत्युदण्डको फैसलाबारे जानकारी आइनसकेको नेपाली दूतावासले जनाएको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस