मेरो श्रीमतीसँग मैले पहिलोपटक यौनसम्पर्क गर्दा ब्लीडिङ भएन के उनी भर्जिन होईनन् त ? केटीहरु भर्जिन छ कि छैन कसरी थाहा पाउन सकिन्छ ?
loading...


उहाँलाई डाक्टर खेम कार्कीको सल्लाह यस्तो छ । कुमारित्वको परिक्षण गर्ने औजार अहिलेसम्म संसारमा बनेकै छैन । गलत कुरा हामीले एकदम धेरै प्रचारप्रसार गरिरहेका छौ । यस्ता गलत कुराहरु पुरानो साहित्यमा लेखिएको होला तर बैज्ञानिक हिसाबले यो कुमारी छ कि छैन भनेर टेस्ट गर्ने औजार अहिलेसम्म बनेको छैन । त्यो खालको औषधी बन्यो भने संसार ध्वस्त हुन्छ । त्यसैले त्यो संवेदनशिलतालाई हामीले बुझ्नु जरुरी हुन्छ । कुमारित्व भनेको कुरा पहिलो यौनसम्पर्कबाट समाप्त हुन्छ । हामी सबैजना ईमान्दार हुनु जरुरी छ किनभने केटा मान्छेको भर्जिनिटी नहुने केटी मान्छेको मात्रै खोज्दै हिड्ने त्यसैले हरेक मान्छेहरु सचेत हुनु जरुरी छ । तपाई हामीले भर्जिनिटीको बारेमा बनाएको दायरा कहिल्यै पनि पुरा हुदैँन जस्तो योनीमा एउटा हाईमेन भन्ने जाली हुन्छ, त्यो नच्यातिएको मान्छेलाई भर्जिन भन्ने हो भने अहिलेसम्म कोहि मान्छे पनि भर्जिन छैन । मेरो अहिलेसम्मको चिकित्सकिय जीवनमा लाखौँ लाख मान्छेहरुको भजाईनल एक्जामिनेसनहरु गरेँ । अहिलेसम्म मैले एउटा पनि हाईमेन भेटेको छैन किनभने त्यो हिड्दा, चल्दा, महिनावारी हुदाँ, साईकल चढ्दा, मोटरसाईकल चढ्दा, रुखमा उक्लदा, घाँस काट्न जाँदाको चलाईले नै त्यो जाली फाटिसक्छ । अब त्यो जाली छैन भनेर कुमारी नै हैन भन्न पनि मिल्दैन । त्यसकारण हामीले पुराना साहित्यको आधारमा कुमारित्वको कुरा गरिरहेका छौैँ यो अब हामीले छोड्नु जरुरी छ । र अन्त्यमा, संसारमा त्यस्तो कुनै  औषधि र औजार छैन जसले कुमारित्व पत्ता लगाउन सकोस् ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस