फेरि एउटै मञ्चमा सलमान र शाहरुख
loading...

कुनै वेला खाँट्टी दुश्मन बनेका सलमान खान र शाहरुख खान अहिले असल मित्र बनेका छन् । सलमान खान अभिनित हिन्दी फिल्म ‘बजरंगी भाइजान’को शाहरुखले ट्वीटरवाट फष्टलुक सार्वजनिक गरेका थिए ।
शायद त्यहि पैंचो तिर्ने योजना पनि हुन सक्छ, सलमानले सञ्चालन गर्दै आएको कार्यक्रम ‘बिगबोस’ मा शाहरुखलाई स्पेशल पाहुना बनाएर बोलाउादैछन् ।
सलमानले ‘दीलवाले स्पेशल’ कार्यक्रम बनाएर शाहरुख काजोललाई बोलाउने तयारी गरेको केही भारतीय मिडियाले उल्लेख गरेका छन् ।
पछिल्लो समय दुइखान पारिवारिक रुपमा समेत निकै नजिक छन् । गएको इदमा ‘दिलवाले’को सुटिङका लागि मुलुक बाहिर रहेका शाहरुखले सलमानलाई आफ्नो घरमा बिरयानी लगिदिन आग्रह गरेका थिए ।
आउादो २७ डिसेम्बरमा सलमानको ‘बर्थ डे’ पर्छ । त्यो वेलामा शाहरुखले के उपहार पठाउने हुन् अहिले प्रतिक्षाको विषय बनेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस