दक्षिण अफ्रिका ७९ रनमा अलआउट
loading...

भारतविरुद्धको नागपुर टेष्टको पहिलो इनिङमा दक्षिण अफि्रका मात्र ७९ रनमा अलआउट भएको छ ।
स्पिनरहरुका लागि सहयोगी पिचमा दक्षिण अफि्रकाका ब्याट्सम्यानहरु आर अश्विन र रविन्द्र जडेजाका अगाडि टिक्न सकेनन् । अश्विनले ३२ रन दिएर ५ विकेट लिए भने जडेजाले ३३ रन लिएर चार विकेट लिए ।
दक्षिण अफि्रकाले २ विकेटको क्षतिमा बनाएको ११ रनबाट दोस्रो दिनको खेल थालेको थियो ।
तर, थप एक रन जोड्दा तीन विकेट गुमायो । दक्षिण अफि्रकाका जेपी डुमिनीले सबैभन्दा बढी ३५ रन बनाए ।
छैटौं विकेटका लागि डुमिनीसँग २३ रनको साझेदारी गरेका फाप डुब्लेसिस रनमा आउट भए । सिमोन हर्मेरले १३ रन जोडे ।
सिरिजको तेस्रो टेष्टको पहिलो इनिङमा भारत २१५ रनमा अलआउट भएको थियो । चार टेष्टमा भारत १-० ले अगाडि छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस