कक्रोज सडकमा गाउँदै नाच्न थालेपछि…(भिडियो सहित)
loading...

 

मिडिया एनपी, काठमाडौं, ३० भदौ । नेपालमा ट्राफिक नियम उल्लङ्घन गर्दा धेरैको सडक र सवारी दुर्घटनाबाट ज्यान जाने गरेको बताउने गरिन्छ । र यसैक्रममा यसको न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जनचेतना जगाउने खालका गीत सार्वजनिक गरेको छ ।


विशेष गरी युवा अवस्थाका विद्यार्थीहरुले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटनाबाट अकालमा ज्यान गुमाउने गरेका छन् । यसैले ट्राफिक नियम पालना गर्न उत्साह र प्रेरणा दिने खालको गीत सार्वजनिक गरेको हो । यस गीतमा नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘भद्रगोल’ टेलिसिरियलका कलाकार हरिस निरौला (कक्रोज)ले आफ्नो अभिनय मार्फत सबैलाई ट्राफिक नियम पालन गर्न प्रेरणा दिएका छन् ।


कलेज पोशाकमा अभिनय गरेका कक्रोजले ‘गौरवशाली विद्यार्थीको नमुना म बन्छु’ बोलको गीत मार्फत युवा तथा विद्यार्थीहरुलाई कलेज जाँदा, बाटोमा, विद्यालय बसमा पालना गर्नुपर्ने नियम तथा कलेज पुगेर गुरुहरु प्रति निर्वाह गर्नुपर्ने कर्तव्यका बारेमा सिकाएका छन् ।

महानगरी ट्राफिक प्रहरी महाशाखाको प्रस्तुती रहेको ‘सेतो टोपी’ गीति एल्वमको उक्त गीतको शब्द जयबहादुर चन्दको रहेको छ । स्वर श्रयसी चेमजोङ र सरोज ओलीको हो भने संगीत वसन्त सापकोटाको रहेको छ । यस्तै निर्देशन भने स्वयम् गायक ओलीले नै गरेका हुन् । गोकुल अधिकारीको छायांकन तथा अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस