१२ वर्षदेखि प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला तितो सत्य बन्दहुनुको कारण यस्तो !!! सबैले जानीराखौ
loading...

काठमाडौं ।  नेपाल टेलिभिजन प्रसारण हुने चर्चित हाँस्य टेलिश्रृंखला तितो सत्य बन्द भएको छ ।

१२ वर्षदेखि प्रसारण हुँदै आएको ‘तीतो सत्य’लार्इ निर्देशक एबम् मूख्य कलाकार दीपकराज गिरीले बन्द गरेको घोषणा गरेका हुन् ।

'६ सय भागसम्म प्रसारण भइसकेको नेपालकै सबैभन्दा लामो हाँस्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

कार्यक्रम निर्माता संस्था मिडिया हब प्रालि भ्रष्टाचारमा मुछिएपछि आर्थिक अभावले ‘तितो सत्य’ बन्द गर्नुपरेको दीपकको भनाइ छ ।

'पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने, नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू दर्शकहरूको चाहनालार्इ सम्बोधन गर्न नसकिएको अबस्थालाइ बिचार गर्दा जबरजस्ती कार्यक्रमलार्इ टिकाइरहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानी यो १२ वर्षे यात्रालाइ पूर्णबिराम दिने निर्णय गरेका छौं', दीपकले भनेका छन् ।

उनले विषय बस्तु दोहोरिन थालेपछि कार्यक्रमको विश्वसनीयतामा पनि प्रश्न उठेकाले बन्द गर्नुपरेको जनाएका छन् । भारतले नाकाबन्दी गरेपछि इन्धन अभावमा सुटिङस्थलसम्म आवतजावत गर्न समस्या भएपछि तितो सत्य र मेरी बास्सै ! सहितका टेलिश्रृंखलाले पुरानै भाग प्रसारण गर्दै आएका थिए ।

दीपकराज गिरीले फेसबुकमा राखेको वक्तब्य

तीतो सत्य आधिकारि रूपमा बन्द गरियो:

आदरणिय दर्शक महानुभाबहरू ६०० भागसम्म निरन्तर प्रसारण भैरहेको नेपालकै सबैभन्दा लामो हास्य धारावाहिक "तीतो सत्य" अब नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन ।

पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने नयॉ बिषयबस्तु नआउने र बिभिन्न बाधाहरूबीच दर्शकहरूको चाहनालार्इ सम्बोधन गर्न नसकिएको अवस्थालार्इ विचार गर्दा जबरजस्ती कार्यक्रमलार्इ टिकाइरहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानी यो १२ वर्षे यात्रालाइ पूर्णबिराम दिने निर्णय गरेका छौँ ।

यो लामो समय साथ दिने आदरणीय दर्शक नेपाल टेलिभिजन, सोम दाइ, मिडिया हब कलाकार, टेक्निसियन लगायत सम्पूर्ण बिज्ञापनदाताहरूमा ह्दयदेखि धन्यबाद दिन चाहन्छौँ ।

कूनै पनि विश्राम शक्तिसंचयका लागि हुनुपर्छ । अत: यो पनि छोटो विश्राममात्रै हो । तीतो सत्य यूनिटले दर्शकहरूमाझ सबै हाँस्य कलाकारको सहयोगमा "छ एकान छ", वडा नम्बर छ" जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो ।

अत: भबिष्यमा पनि फेरि नयॉ सोचका साथ हाँस्य धारावाहिक तथा चलचित्र निर्माणलार्इ निरन्तरता दिने नै छ । दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधैँ झैँ मनमा सॉचेर बिदा हुदैछौँ
हॉसखेल गर्दैमा छूटिने बेला भो आजको दिनैमा ।
जय नेपाल

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस